काठमाडौं- नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोका कारण संकटमा परेका पीडितहरुलाई तत्काल उद्धार, राहत र सुरक्षित स्थानान्तरण गर्न आवाज उठाएको छ ।
कांग्रेसले विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोकमा पछिल्लो पटक-पटक पहिरोले क्षति गरेकोले भूगर्भविद्हरुले औंल्याएको जोखिम बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण गर्न माग गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा ‘प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अतिआवश्यक सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु’ उल्लेख छ ।
यसबाहेक उद्धार र राहतको मानवीय कर्तव्यमा लाग्न कांग्रेसका नेता कार्यकर्तालाई समेत देउवाले आग्रह गरेका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।