काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसबीच देशका केही जिल्ला भने कोरोनामुक्त भएको अवस्थामा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिवार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ७ जिल्लाबारे जानकारी दिए ।
उनका अनुसार मनाङ, मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७८५ र महिला ४१६ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।