सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस' अभियानलाई कांग्रेस नेता पौडेलले गरे सहयोग हस्तान्तरण

'हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस' अभियानलाई कांग्रेस नेता पौडेलले गरे सहयोग हस्तान्तरण

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 6.3K
    SHARES

  • 'हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस' अभियानलाई कांग्रेस नेता पौडेलले गरे सहयोग हस्तान्तरण

    काठमाडौं- “हुनेले दिने र नहुनेले लिने” नाराका साथ धौवलागिरी इन्नफिल्ड्स रोयल रोलर्स क्लबले सामान दिन र लिनसक्ने व्यवस्था गरेको छ । 

    विश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड(१९) को कारण उत्पन्न जटिल परिस्थितिमा गरिब बिपन्नलाई सहयोग गर्ने उदेश्यले सहयोग गर्नेहरूबाट सहयोग संकलन गरेर अभाव भएका जो कोहिले पनि त्यहाँबाट सामान लिनसक्ने व्यवस्था गरिएको हो ।

    गोंगबु वरिपरिका बासिन्दाहरूलाई यो अभियानले राहत प्रदान गरेको छ । यसबीच यो अभियानमा आज तनहुँ भिमाद निवासी गणेश सुबेदीले नेपाली कांग्रेसका केन्दीय सदस्य प्रदिप पौडेलमार्फत एक लाख सहयोग गरेका छन ।

    उक्त रकम केन्दीय सदस्य पौडेलले क्लबका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । सोही अबसरमा बोल्दै नेता प्रदीप पौडेलले कोरोना भाइरसविरुद्ध लड्न यस किसिमको एकता सबैतिर हुन आवश्यक रहेको बताएका छन् । 

    आजको उत्पन्न जटिल परिस्थितिमा आफुसम्ग भएको र दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्नु अत्यन्तै मानविय कार्य भएको उनले बताए। उनले क्लबको यो अभियानलाई सहयोग पुर्याउनसबैलाई अपिल गरेका छन् ।

    बीना भेदभाव आबश्यता भएको जो कोहिले पनि राहत सामागी पाउने गरी ब्यबस्थापन हुदाँ अत्यन्त समस्यामा परेकाहरूलाई ठुलो राहत पुग्ने बिस्वास समेत उनले विश्वास व्यक्त गरे ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend