काठमाडौं- आइतबार (भोली) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकालको निरन्तरताका लागि प्रस्ताव गरिने भएको छ ।
शुक्रबार ऊर्जा मन्त्रालयले घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारिसकेको छ । ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रस्ताव भोलि (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने भएका छन् ।
कुलमानको निरन्तरतामा राजी नदेखिएका प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डसँगको छलफलपछि राजी भएको जनाइएको छ । योसँगै पनि घिसिङको निरन्तरताको सम्भावना संकेत ओलीले पनि गरेको देखिएको छ ।
लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।