सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना प्रतिरोधी क्षमता विकास गर्ने भनिएपछि बागमती किनारमा गुर्जो राेपिदै

कोरोना प्रतिरोधी क्षमता विकास गर्ने भनिएपछि बागमती किनारमा गुर्जो राेपिदै

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 4.9K
    SHARES

  • कोरोना प्रतिरोधी क्षमता विकास गर्ने भनिएपछि बागमती किनारमा गुर्जो राेपिदै

    काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुउपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ। 

    गुर्जोरोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत बागमती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए। आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका छन्‌। 

    अधिकार सम्पन्न बागमतीको कार्यालयमा पनि उनले बिरुवा उपलब्ध गराएका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।  राजलवटले नै उपलब्ध गराएका एक हजार गुर्जोको बिरुवा बागमतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ। 

    बागमती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए।  सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उनले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend