सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

सरकारको धज्जी उडाउदै मन्त्रीले देखाए जात्रा, चौतर्फी बिरोध !

सरकारको धज्जी उडाउदै मन्त्रीले देखाए जात्रा, चौतर्फी बिरोध !

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 4.2K
    SHARES

  • सरकारको धज्जी उडाउदै मन्त्रीले देखाए जात्रा, चौतर्फी बिरोध !

    काठमाडौं– कोरोना संक्रमण बढिरहेका बेला प्रदेश दुईका एक जना मन्त्रीले सामाजिक दुरीको मापदण्डलाई भुलेका छन्।

    प्रदेश २ मै सबैभन्दा बढी संक्रमित भेटिइरहँदा सरकारले देशका विभिन्न स्थानमा सरकारले भीडभाड गर्न प्रतिबन्ध लगाएको छ । संक्रमण फैलिरहेको समयमा प्रदेश २ का एक मन्त्रीले सरकारकै नियम मिचेर भीडभाड हुने कार्यक्रम नै आयोजना गरेका छन् ।

    भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले कोरोनाको प्रवाह नगरी जन्मदिनमा भीडभाड गरी रमाइलो गरेका छन् । पछिल्लो समय प्रदेश २ का विभिन्न स्थानमा समुदायस्तरमा नै कोरोना फैलिरहदा उनले जन्मदिन मनाएपछि सामाजिक सञ्जालमा यसको आलोचना पनि गरिएको छ ।

    प्रदेश २ का वीरगंज, बारा, जनकपुर लगायतका स्थानमा कोरोना संक्रमण फैलिँरहेको समयमा स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा गरेको छ। जसले गर्दा गरिब र मजदुर भोकै बस्न पनि बाध्य छन् ।

    यस्तो अवस्थामा गरिब जनतालाई हेर्नु भन्दा मन्त्री सोनल रमाइलोमा समय बिताइरहेका छन् । उनले भदौ २५ गते बिहीवार जनकपुरबाट बारा पुगेर मानिसहरुको भेला गरेरै केक काटेका छन्।

    जन्मदिनमा सामाजिक दुरी त परै जाओस् मास्क पनि लगाएको देखिदैन । कोरोनाको जोखिमको अवस्थामा पर्टीमा समेल भएकाहरुमा कोरोना संक्रमण देखिए यसको जिम्मा कसले लिने भन्दै प्रश्नहरु पनि उठेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७११:४५:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend