काठमाडौं- काठमाडौँमा घरबेटीले कुट्दा एक डेराबालाको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका– ७ का ६६ वर्षीय प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया घर भइ उनकै घरमा डेरागरी बस्ने ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार शुक्रबार बिहानै भएको विवादमा महर्जनले चौधरीलाई भाटाले हानेका थिए। महर्जनको कुटाइबाट घाइते भएका चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।
प्रहरीले अहिले घरबेटीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । चौधरीको घरबेटीसँग पहिलैदेखि विवाद रहँदै आएको र शुक्रबार त्यही विषयमा थप विवाद भएपछि उनले कुटेको खुलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।