सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ । एक हप्ता अगाडि घरको छतमा लडेर घाइते भएका हमालको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएर नेपालगञ्ज लगि उपचाररत हमाललाई बिहीबार मात्र काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको उनका भाइ बबरजंग हमालले बताए।
मृतक हमालको नेपालगञ्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्। गत भदौ १९ गते हमाल छतबाट लडेर घाइते भएका थिए। ३७ वर्षका हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।