आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतम र उपेन्द्र कोइराला एउटै बाटोमा

वामदेव गौतम र उपेन्द्र कोइराला एउटै बाटोमा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 11.9K
    SHARES

  • वामदेव गौतम र उपेन्द्र कोइराला एउटै बाटोमा

    काठमाडौं - यतिबेला सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम निकै चर्चामा छन् ।

    तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि उनको प्रधानमन्त्री बन्ने इच्छामा दह्रै ठेस लाग्न पुग्यो । त्यसपछि पनि उनले आफू जसरी भए पनि प्रधानमन्त्री बनिछाड्ने हठ त्यागेका छैनन् ।

    विभिन्न हतकण्डा प्रयोग गरेर भए पनि उनी राष्ट्रिय सभामा मनोनीत हुने प्रयासमा छन् । यो कार्यकालमा प्रधानमन्त्री नभए पनि उपप्रधानमन्त्री बन्ने उनको धोको छ ।

    तर, समय परिस्थिति यस्तो बन्दै गएको छ कि पार्टी सचिवालय बैठकले उनलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरे पनि चौतर्फी विरोधका कारण सरकार हच्किएको छ ।

    त्यसैले पार्टीकै निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीले इच्छा देखाएका छैनन् । कथंकदाचित उनलाई सांसद बनाइहाले पनि मन्त्री बनाउन नमिल्ने संविधानविद्हरूको तर्क छ ।

    जनताले पनि हारेका व्यक्तिलाई सांसद बनाएर फेरि मन्त्री बनाउन लागिएको भन्दै आलोचना गरेपछि सरकार ‘पर्ख र हेर’ को अवस्थामा पुगेको छ । स्रोतका अनुसार पछिल्लो समय पार्टीभित्रै वामदेवको आलोचना हुन थालेको छ ।

    यो कार्यकालमा वामदेव सांसद बनिहाले पनि मन्त्री नबन्न सक्ने नेताहरू नै बताउन थालेका छन् । त्यही भएर अहिले वामदेवलाई उनका लागि दुईवटा कोटा छुट्याइएको बुझिएको छ ।

    यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउने प्रपञ्चअनुरूप सदस्य मनोनयन गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि त्यो निर्णय थाती छ ।

    कोइराला आफैंले नियुक्ति नखाने बताइसकेका छन् । नेकपामा पनि यसले ठूलो विवाद ल्याएको छ । यतिबेला वामदेव र उपेन्द्रको नियति एउटै भएको चर्चा नेकपामा चल्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७११:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend