काठमाडौं- रुकुम पूर्वका पूर्वमाओवादि केन्द्रिय सदस्य एवं वर्तमान नेकपाका जिल्ला इन्चार्ज तेजेन्द्र खाम मगर नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेकपाको कार्यशैली एवं कोरोना नियन्त्रणमा असफल भएकाबेला देशभरबाट कांग्रेस प्रवेश गर्नेको संख्या बढेको छ। भ्रष्टाचारमा लिप्त भएको भन्दै नेकपाका कार्यकर्ताहरु नै कांग्रेस प्रवेश गरिरहेको अवस्था छ ।
रुकुम पूर्वको उत्तर गंगा गाउँपालिका वडा नम्बर १० तक निवासी मगर आज (बिहीबार) कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस रुकुम पूर्वले स्वागत गर्दै उहाँको कार्यक्षमता अनुसार उचित जिम्मेवारी दिने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।