सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अब ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने

अब ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 4.9K
    SHARES

  • अब ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने

    काठमाडौं- ललितपुर जिल्ला गाउँपालिका अध्यक्ष फोरमको बैठकले कोञ्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिका प्रवेश गर्ने हरेक सवारीसाधनको ढोकामा अनिवार्यरुपमा स्याटिनाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । 

    दक्षिण ललितपुरका तीन गाउँपालिकाका अध्यक्ष सम्मिलित कोञ्ज्योसोममा आज बसेको चौँथो बैठकले दिनानुदिन कोरोना महामारी सङ्क्रमण बढ्दै गएको अवस्थालाई विचार गरेर उक्त निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ । 

    विज्ञप्तिमा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिका प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु सडकखण्डको भैरव गण अगाडि र नल्लु भञ्ज्याङमा दुवै गाउँपालिकाको साझेदारीमा सिसि टिभी क्यामरा जडान गर्ने निर्णय गरेको उल्लेख छ । 

    फोरमले तीन वटै गाउँपालिका क्षेत्रभित्र शुक्रबारदेखि लागु हुने गरी सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम गर्ने, यात्रु र सवारी चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, खाद्यान्नलगायत अन्य पसलको हकमा भौतिक दूरी कायम गरी बिहान ६ः०० देखि बेलुका ७ः०० बजेसम्म सञ्चालन गर्न दिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend