दाङ- कोरोना भाइरसले गर्दा इलाका प्रहरी कार्यालय तुल्सीपुरको थुनुवा कक्ष खाली भएको छ। प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बुधबार चार थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो।
उनका अनुसार जघन्य अपराध गरेका बाहेक सामान्य झैझगडाका घटनाहरु छलफल गरेर टुङ्ग्याउने गरिएको छ।
विभिन्न जिल्लाका थुनुवा कक्षमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले तुल्सीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरी थुनुवा कक्ष खाली गरिएको उनको भनाइ छ।
लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भए पनि पछिल्लो समय लागुऔषधको ३०-४० दिन र अन्य अपराधको ८-१० दिनमै सबै प्रक्रिया पूरा गरेर सङ्क्रमित हुनसक्ने कुरालाई मध्यनजर गरी थुनामुक्त गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।
तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएका कारण आपराधिक त्रियाकलापमा कमी आएको उनको भनाइ छ। इलाका प्रहरी कार्यालयमा ७० थुनुवा राख्नसक्ने क्षमता छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।