शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमानको कार्यकाल थप्न ओलीले मानेनन्, अब के हुन्छ?

कुलमानको कार्यकाल थप्न ओलीले मानेनन्, अब के हुन्छ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 6.1K
    SHARES

  • कुलमानको कार्यकाल थप्न ओलीले मानेनन्, अब के हुन्छ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथप्ने पक्षमा देखिएका छन्। ओली उनलाई निरन्तरता दिने पक्षमा नभएपछि कार्यकाल नथपिने भएको हो ।

    कुलमानको कार्यकाल थप्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब दिइरहेका छन् । ऊर्जामन्त्री वर्षमान पुन प्रचण्ड निकटकै भएकाले पनि उक्त मन्त्रालयसम्बन्धी प्राधिकरणमा आफूले भनेको व्यक्तिमै निर्णय हुनुपर्ने पूर्व माओवादी पक्षधरको दाबी रहेको छ । त्यसैले सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्मा यसबारे प्रस्ताव लाने तयारी भएको छ ।

    प्रधानमन्त्री ओलीले भने कुलमानको नाममा सहमति जनाएका छैनन् । विश्वस्त स्रोतका अनुसार ओलीले पटक पटक एकैजनालाई मौका दिन नहुने तर्क राखेका छन् । उनी कुलमानको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । काम भन्दा हल्ला गरेको र सामाजिक सञ्जालमार्फत् सरकारमाथि दबाब बढाएको भन्दै प्रधानमन्त्रीको टिम नै असन्तुष्ट बनेको छ ।

    २९ भाद्रबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षीय कार्यकाल सकिदैछ । उनी २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला प्रचण्डकै जोडबलमा नियुक्ति दिइएको थियो । उनले लोडसेडिङ अन्त गरेको जस लिएका छन् । तर, यसमा भारतबाट विद्युत निर्यात हुनु एउटा कारण बनेको छ । 

    प्राधिकरणमा कसलाई नियुक्ति गर्ने भन्नेबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच मतभेद कायमै छ । बुधबार बालुवाटारमा यसबारे पनि कुरा उठेको बुझिएको छ । भोलि बस्ने क्याबिनेटमा प्रधानमन्त्री ओलीले कुनै न कुनै निर्णय लिने सम्भावना छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend