काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृणप्रसाद सिटौलाले तत्काल नेन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेको छ । नेता सिटौलाले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेका हुन् ।
उनले १४ औं महाधिवेशनको तोकिएको कार्यतालिका प्रभावित भएको भन्दै केन्द्रिय समिती बोलाएर महाधिवेशन बारे निर्णय गर्नुपर्ने बताएका छन् ।
वीपी जयन्तिको अवसरमा पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित जुम मिटिङमा नेता सिटौलाले सभापति देउवालाई केन्द्रिय समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।
मिटिङमा नेता सिटौाले सभापति देउवालाई आग्रह गर्दै सिटौलाले भने, 'अब महाधिवेशन फागुनमा हुन्न छलफल गर्न केन्द्रिय समिती बोलाऔं ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।