काठमाडौं- प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि डिआइजी कार्कीले सोमबार स्वाब परीक्षणका लागि दिएका थिए । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका हुन् । मंगलबार परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनले आइसोलेसन सुरु गरिसकेका छन् ।
प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । भने २ सय २० जना निको भई डिस्चार्ज भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।