काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले महामन्त्री शशांक कोइरालालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आजमात्रै, महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका नेता कोइरालाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन् । अहिले नेता कोइराला आइसोलेसनमा बसेका छन् ।
यस्तै कांग्रेस नेता गगन थापाले डा. शशांक कोइरालालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सामाजिक सञ्जालमा डा. शशांक कोइरालालाई कोरोना संक्रमण देखिएकोले उनको सम्पर्कमा आएकाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, 'दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढ्ने क्रम निरन्तर छ। यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाज्यूलाई कोरोना संक्रमण देखिएको छ। महामन्त्रीज्यूलाई शीघ्र स्वास्थ्य लाभको कामना ! साथै वहाँको सम्पर्कमा आउनुभएका सबैले विशेष सतर्कता अपनाउनुहुन पनि अनुरोध गर्दछु।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।