सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.6K
    SHARES

  • ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

    ओखलढुङ्गा - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

    केही समयदेखी स्वासप्रश्वासमा अलि अलि समस्या देखिएपछी सभापति सुनुवारले कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    स्वासप्रश्वासमा समस्या भएपछि केही दिनदेखी सुनुवार होम क्वारेन्टाईनमा बस्दै आएका थिए । उनीसहित ओखलढुंगामा मंगलबार ९ जना कोरोना भाइरस संक्रमितहरु थपिएका छन् ।

    सभापति सुनुवारले आम जनसमुदाय, ओखलढुङ्गा बासि आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीमा धैर्यधारण गर्न आग्रह गरेका छन् । मिडिया डबलीसंग कुरा गर्दै सुनुवारले आफ्नो स्वास्थ्यमा पहिलेको भन्दा धेरै सुधार भएको जानकारी दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०८:३९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend