सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भोलिदेखि एक साता काँगेसले भव्य कार्यक्रम गर्दै

भोलिदेखि एक साता काँगेसले भव्य कार्यक्रम गर्दै

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 5.6K
    SHARES

  • भोलिदेखि एक साता काँगेसले भव्य कार्यक्रम गर्दै

    काठमाडौँ- नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्तीका अवसरमा भोलिदेखि एक साताका विभिन्न दिनहरुमा भव्य कार्यक्रम गर्ने भएको छ ।

    जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गर्दै कोरोना भाइरस संक्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै  जननेता कोइरालाको जन्म जयन्ती विशेषरुपमा मनाउने काँग्रेसले जनाएको हो ।

    काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्ने बताएका छन् ।

    दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ । केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने ‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ ।

     यसैगरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरु वक्ता रहेको काँग्रेसले जनाएको छ । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज (-facebook.com/ nepalicongresshq/) बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend