सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'नेपालमा स्वास्थ्य सामग्रीकाे अभाव, कोरोनाले दिर्घ राेगी मात्रै हैन् कसैलाई छोड्दैन'

'नेपालमा स्वास्थ्य सामग्रीकाे अभाव, कोरोनाले दिर्घ राेगी मात्रै हैन् कसैलाई छोड्दैन'

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.5K
    SHARES

  • 'नेपालमा स्वास्थ्य सामग्रीकाे अभाव, कोरोनाले दिर्घ राेगी मात्रै हैन् कसैलाई छोड्दैन'

    काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् । 

    आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ । 

    कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने,, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” 

    कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । 

    आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए । उनले भने “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

    विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. कार्कीले बताए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

    नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने,, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।”

    कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे । देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए । उनले ने, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend