सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आज कोरानाले ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

आज कोरानाले ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 3.2K
    SHARES

  • आज कोरानाले  ११ जनाको मृत्यु,  ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

    काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको  संक्रमणबाट थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ सय ९७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

    त्यसैगरी विगत २४ घण्टामा १७ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भइसकेका छन् ।

    संक्रमणमुक्त हुने दर सोमबारसम्म ६५ प्रतिशत रहेको गौतमले जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार दुई सय ५९ छ ।

    संक्रमितमध्ये होम आइसोलेसनमा सात हजार एक सय ९० जना र संस्थागत आइसोलेसनमा नौ हजार ६९ जना छन् । उपचाररत संक्रमितमध्ये एक सय ७१ जनाको आइसियूमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend