सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना अपडेट

२४ घण्टामा देशभर थपिए ९९७ संक्रमित, कुन जिल्लामा कति थपिए ? [ विवरणमा ]

२४ घण्टामा देशभर थपिए ९९७ संक्रमित, कुन जिल्लामा कति थपिए ? [ विवरणमा ]

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.4K
    SHARES

  • २४ घण्टामा देशभर थपिए ९९७ संक्रमित, कुन जिल्लामा कति थपिए ? [ विवरणमा ]

    काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ सय ९७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

    उदयपुरमा एक, झापामा १६, पाँचथरमा ६ जना संक्रमित थपिएका छन्। भोजपुरमा एक, मोराङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा एक जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार धनुषामा ४४, महोत्तरीमा तीन, सप्तरीमा १९ जना संक्रमित थपिएका छन्। सर्लाहीमा २० र सिरहमा ४१ जनामा संक्रमण भएको छ।

    काठमाडौंमा २९३, काभ्रेमा २८ र चितवनमा १० जना संक्रमित थपिएका छन् भने दोलखमा थप तीन जनामा संक्रमण भएको छ। यस्तै धादिङमा चार, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा संक्रमण भएको छ।

    कास्कीमा ३०, गोरखामा १८ र तनहुँमा ६ जनामा संक्रमण भएको छ भने नवलपरासी पूर्वमा १६, पर्वतमा एक, लमजुङमा १७ जना संक्रमित थपिएका छन्।

    कपिलवस्तुमा दुई, गुल्मीमा आठ, नवलपरासीमा दुई पाल्पामा पाँच र प्यूठानमा एक जना संक्रमित थपिएका छन् भने बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

    यस्तै कालीकोटमा दुई, जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा तीन र सुर्खेनमा १९ जनामा संक्रमण भएको छ। कञ्चनपुरमा सात, कैलालीमा तीन तथा बझाङ र बाजुरामा एक एक जना संक्रमित थपिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend