सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा काठमाडौंका प्रहरी जवान सिंह पक्राउ

जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा काठमाडौंका प्रहरी जवान सिंह पक्राउ

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.6K
    SHARES

  • जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा काठमाडौंका प्रहरी जवान सिंह पक्राउ
    सांकेतिक तस्बिर

    काठमाडौं - महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह युवतीलाई जबरजस्ती यौनसम्पर्क राखेको अभियोगमा पक्राउ गरिएको छ ।

    पक्राउ पर्ने सिंह दार्चुला जिल्ला निवासी हुन् । उनले २१ वर्षीया युवतीलाई जबरजस्ती यौनसम्पर्क राखेको आरोप लगाइएको छ ।

    गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी)  जितेन्द्र बस्नेतले युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको बताएका छन् ।

    उजुरीमा युवतीले सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई जबरजस्ती यौनसम्पर्क गरेको दाबी गरेकी छिन् । जाहेरी दर्ता भएपछि प्रहरीले युवतीको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०४:१५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend