काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दशैँसम्म नै निषेधाज्ञाको तयारी गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आइतबार प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा यस्तो प्रस्ताव अघि सारेका हुन् ।
कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दसैँसम्म नै उच्च सतर्कता अपनाउनु पर्ने भन्दै उनले दशैँसम्म नै निषेधाज्ञा गर्ने प्रस्ताव गरेका हुन् । दसैँमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उनले सहजीकरण गर्दै निषेधाज्ञालाई दसैँसम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौदेखि निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।