सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना अपडेट

देशभर थपिए हालसम्मकै बढी संक्रमित, कुन जिल्लामा कति थपिए ?

देशभर थपिए हालसम्मकै बढी संक्रमित, कुन जिल्लामा कति थपिए ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 4.7K
    SHARES

  • देशभर थपिए हालसम्मकै बढी संक्रमित, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिंगमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना,नुवाकोटका ५ जना, झक्तपुरका ३६ जना, मकवानपुरका १८ जना, रसुवाका एकजना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङका एकजना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना, बर्दियाका१४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका एकजना र रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका २ जना, जुम्लाका२१ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना, सुर्खेतका २द्द जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजनाजना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend