काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन थालेसँगै नियन्त्रण लागि सरकारले लकडाउन सुरु गरेको थियो । तर, लकडाउन अवधिमा कोरोना भाइरसले ज्यान गुमाउने भन्दा झण्डै १० गुणाबढीले आत्महत्या गरेर ज्यान गुमाएका छन् ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउन यता २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन्। जबकी कोरोना भाइरसको संक्रमणबाट आजसम्म २ सय ५७ जनाको निधन भएको छ।
प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको तथ्यांकअनुसार चैत ११ देखि साउन ४ गतेसम्म देशभर आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको छ। जसअनुसार एक हजार १ सय ७२ पुरुष, आठ सय ११ महिला, ९४ बालक र १४१ जना बालिका रहेका छन्।
आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन्। त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।
रोग नियन्त्रणको लागि गरिएको लकडाउनका कारण परेको आर्थिक भार थेग्न नसकेका कारण आत्महत्या गर्नेको संख्या बढेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।