बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

यी रोग भएकाहरुले भुलेर पनि नखानुहोस् ओखर

यी रोग भएकाहरुले भुलेर पनि नखानुहोस् ओखर

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 33.6K
    SHARES

  • यी रोग भएकाहरुले भुलेर पनि नखानुहोस् ओखर

    काठमाडौँ- स्वस्थ खानाको साथसाथै दैनिकरुपमा आफ्नो आहार वा खाजामा ड्राईफ्रुट्सलाई समावेश गर्नु निकै लाभदायिक हुने गर्दछ।

    बदाम, किसमिस, खजूर र ओखरसँगै, थुप्रै ड्राईफ्रुट्सहरुले स्वस्थ रहन मद्दत गर्दछ। ओखर पनि यस्तै ड्राईफ्रुट्सकै एक प्रकार हो। ओखरको फलमा एउटामात्र बीउ हुन्छ, जसको आकार मानव मस्तिष्क जस्तो हुन्छ ।

    हिजो आज यो मुख्य रूपमा केक, कुकीज र अन्य चकलेटका प्रकारहरुमा प्रयोग गरिन्छ। यसमा पाइने पोषण तत्वले धेरै प्रकारका शारीरिक अक्षमतालाई बढाउनुका साथै शरीरमा ऊर्जा थप्न मद्दत गर्दछ।

    दैनिकरुपमा ओखरको उचित मात्राको प्रयोगले तौल घटाउन, मधुमेहको जोखिम कम गर्न, मुटुलाई स्वास्थ्य राख्न, प्राणघातक रोग क्यान्सरको जोखिम कम गर्न, हाड तथा जोर्नी रोगका बिरामीहरुलाई, पाचन प्रणालीको सुधार गर्नदेखि दर्जनौँ अन्य रोगहरुबाट बचाउन मद्दत गर्दछ।

    तर, हरेक कुराका दुई वटा पक्ष हुन्छन् एउटा हो फाइदा अर्को बेफाइदा।

    कस्ता व्यक्तिले ओखरको सेवन गर्नु हुदैन

    – एलर्जी भएका वा एलर्जी हुने व्यक्तिले कहिल्यै पनि ओखरको अत्याधिक सेवन गर्नु हुँदैन। यस्ता व्यक्तिले ओखर सेवन गर्दा चिकित्सकको परामर्श लिएर उचित मात्रामा सेवन गर्न सकिन्छ। एलर्जीको समस्या हुने व्यक्तिहरुले ओखरको सेवन गर्दा छातीमा समस्या आउनुका साथै सास फेर्न पनि कठिनाइ हुने गर्दछ।

    – चिलाउने तथा छालामा बिमिरा आउने समस्या भएकाले पनि ओखरको सेवन गर्नु हुदैन। यसका बोक्रामा यस्तो तत्वहरु हुन्छन्, जसले छालामा रातो दागहरू वा चिलाउनेपन निम्त्याउन सक्छ।

    – ओखरको आत्यधिक वा उचित मात्रामा सेवन नगर्नाले छालाको क्यान्सर हुने जोखिम बढाउने गर्दछ। यस पाइने केहि त्यस्ता तत्वले छालामा नकारात्मक असर पर्नुका साथै छालामा क्यान्सर हुने जोखिम बढाउँदछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१२:०२:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend