काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । आज मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
भोजपुरमा ३ र धनकुटामा २ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै झापामा ११ र खोटाङमा एक जनामा कोरोना संक्रमण भएको छ। मोरङमा ५३, ओखलढुंगामा दुई र पाँचथरमा एक जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। सुनसरीमा ७२ र उदयपुरमा एक जनामा संक्रमण थपिएको छ।
सप्तरीमा १२, सिरमा १५, धनुषामा ६३ र महोत्तरीमा ३१ जना संक्रमित थपिएका छन्। यस्तै सर्लाहीमा ५०, बारामा २३ र पर्सामा ४९ तथा रौतहटमा १८ जनामा कोरोना संक्रमण भएको छ। सिन्धुलीमा एक, रामेछापमा दुई, भक्तपुरमा नौ, धादिङमा दुई र काठमाडौंमा ३५० जना संक्रमित थपिएका छन्। संक्रमित थपिने अन्य जिल्लामा काभ्रेपलाञ्चोक एक, ललितपुर २९ र नुवाकोट एक जना छन्।
यस्तै सिन्धुपाल्चोकमा दुई, चितवनमा ४३ र मकवानपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। गोरखामा एक, कास्कीमा २४ र लमजुङमा १९ जना संक्रमित थपिएका छन्।
पूर्वी नवलपुरासीमा १६, पर्वत र स्याङ्जामा एक एक तथा तनहुँमा चार जना संक्रमित थपिएका छन्। पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा २७ तथा अर्घाखाँची र पाल्पामा एक एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। दाङमा ६, प्यूठानमा दुई, रोल्पामा एक र बाँकेमा ४१ जना संक्रमित थपिएका छन् भने बर्दियामा थप पाँच जनामा संक्रमण भएको छ। जुम्लामा ३७, कालिकोटमा २१, दैलेखमा एक जनामा संक्रमण भएको छ।
कैलालीमा १३ र अछाममा थप एक जनामा कोरोना पुष्टि भएको छ। बझाङमा नौ, कञ्चनपुरमा तीन, डडेलधुरा र बैतडीमा एकएक जना गरी देशभरमा बुधकार एक हजार एक सय २० जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये ३२० महिला र ८०० पुरुष रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।