काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिएको निश्कर्ष निकालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले देशका १२ वटा जिल्लामा फैलिएको संक्रमणको अवस्था हेर्दा कोरोना समुदायमा पुगेको बताएका हुन् ।
'देशका १२ वटा जिल्लामा कोरोना समुदायमा पुगेको देखिन्छ। ती जिल्लामा कोरोना आउट ब्रेक भएको छ। अब ती जिल्लामा परीक्षणलाई बढाउनु आवश्यक छ।' डा. तिवारीले भने ।
जनस्वासथ्य विज्ञ तिवारीले कोरोना फैलिँदै जाँदा वृद्धहरुमा १ प्रतिशतबाट बढेर संक्रमण दर ४ प्रतिशतमा पुगेको बताए। 'पछिल्लो समयम ९६ प्रतिशत संक्रमित स्थानीय संक्रमण देखिएको छ। मृत्यु हुने क्रम बढेको छ। वृद्धहरुतिर संक्रमण बढिरहेको छ', उनले भने ।
त्यस्तै परिक्षणको ८ देखि ९ प्रतिशत केसहरु पोजेटिभ देखिन थालेको छ । यसको अर्थ संक्रमण बढ्दै गएको निश्कर्ष स्वास्थ्य मन्त्रालयको छ ।
तिवारीले वैज्ञानिकरुमा विश्लेषण गर्दा पनि १२ वटा जिल्लामध्ये ५ वटा जिल्लामा एक हजारभन्दा धेरै संक्रमित रहेको बताए। ु१२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित छन्।
'कोभिडको भ्याक्सिन विकासका क्रममा छ औषधि छैन।' अहिले चलाइएका औषधि त लक्षण रोक्ने मात्रै रहेको उनले बताएका छन् । अब २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा निषेधाज्ञा चाहिएको छ नत्र भयंकर संकट निम्तिन्छ उनले भने ।
कोरोनाबाट जोगिन मास्क प्रमुख औषधि रहेको मेत उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।