आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बामदेवका कारण ओली–प्रचण्डबीच फेरी टकराव, अवस्था जटिल हुने संकेत !

बामदेवका कारण ओली–प्रचण्डबीच फेरी टकराव, अवस्था जटिल हुने संकेत !

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 6.0K
    SHARES

  • बामदेवका कारण ओली–प्रचण्डबीच फेरी टकराव, अवस्था जटिल हुने संकेत  !

    काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले नयाँ मोड लिएको छ। खासगरी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले नयाँ विवाद सुरु भएको हो।

    प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने की गौतमलाई लैजाने भन्ने विषयमा दिएको अभिव्यक्तिपछि पार्टीभित्र नयाँ तरङ्ग सृजना भएको छ ।

    केही दिन प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने ‘च्याप्टर क्लोज्ड’ भएको बताएका थिए ।

    यसपछि गत साउन १३ गते ६ बुँदे प्रस्ताव प्रस्तुत गर्दै ओली क्याम्पमा गएका उपाध्यक्ष गौतम प्रधानमन्त्रीको सो अभिव्यक्तिपछि असन्तुष्ट बनेका छन् । राष्ट्रिय सभामा हुँदै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चाहनाले मूर्तरुपमा नपाउने देखिएपछि गौतमले एक्सन लिन थालेका छन् ।

    ओलीको साथ छोड्न सक्ने गौतमको संकेतले नेकपामा पुनः नयाँ राजनीतिक दृश्य देखिने भएको छ । प्रचण्ड क्याम्पमा फर्केने गौतमको संकेतले ओलीलाई झस्काएको छ ।

    पार्टीभित्र ओली–प्रचण्डबीच केही राजनीतिक नियुक्तिलाई लिएर टकराव बढिरहँदा गौतमले क्याम्प परिवर्तन गर्ने संकेत दिएर दुई अध्यक्षबीचको विवादलाई नयाँ मोडमा धकेलिदिन खोजेका छन् । आफूलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको विगतको निर्णय कार्यान्वयन हुनुपर्ने गौतमको माग छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend