काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सांसदहरुको परिचालन गर्ने भएको छ। आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
कुनैपनि निर्वाचन क्षेत्रमा प्रत्यक्ष रुपमा निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले बताएका हुन् ।
उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आवश्यक समन्वय, सहकार्य र अनुगमन गर्न परिचालन गर्न लागिएको मन्त्री खतिवडाले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।