काठमाडौं- कोरोना भाइरस संक्रमणबाट चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेता शोभाखर चापागाईंको निधन भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर-६ गीतानगर, केशरबाग निवासी चापागाईंको ७८ वर्षको उमेरमा भरतपुर अस्पतालमा सोमबार निधन भएको हो। नेता श्रेष्ठको शवलाई नेपाली सेनाको सहयोगमा व्यवस्थापन गर्न लागिएको छ।
उनलाई उपचारका लागि साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहीँ पछि कोरोना संक्रमण देखिएपछि भदौ ७ गते भरतपुर अस्पतालमा सारिएको थियो।
उनी २०३४ सालमा नेकपा को-अर्डिनेशन केन्द्र गठन गरेर चितवनको कम्युनिस्ट आन्दोलनमा लागेका थिए।
विसं १९९९ असार १९ गते जन्मिएका चापागाईंका एक श्रीमती, १०२ वर्षीया आमा, पाँचजना छोरी र एकजना छोरा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।