सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा कोरोना संक्रमितलाई रेमडिसिभिर औषधि दिन सरकारको आग्रह 

नेपालमा कोरोना संक्रमितलाई रेमडिसिभिर औषधि दिन सरकारको आग्रह 

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.4K
    SHARES

  • नेपालमा कोरोना संक्रमितलाई रेमडिसिभिर औषधि दिन सरकारको आग्रह 

    काठमाडौं-  कोरोना भाइरसको संक्रमितविरुद्ध सकारात्मक देखिएको औषधि रेमडिसिभिर चलाउन सरकारले आग्रह गरेको छ ।

    गम्भिर अवस्थाका संक्रमितलाई औषधि चलाउन उपचारमा संलग्‍न अस्पताल र तिनका निर्देशकहरूलाई सरकारले आग्रह गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै अस्पताललाई  रेमडेसिभिर  औषधी किनेर गम्भिर अवस्थामा पुगेका संक्रमितलाई चलाउन निर्देशन दिदै आवश्यक परेका कोभिड – १९ का गम्भीर बिरामीलाई रेमडेसिभिर औषधि निशुल्क दिन र सोधभर्ना मन्त्रालयबाट लिन आग्रह गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  तत्काल अस्पतालबाट औषधि खरीद गरी चलाउन र त्यसको सोधभर्ना मन्त्रालयबाट लिन सकिने समेत स्पष्ट पारेको छ । पछिल्लो समय भारतका तीनवटा कम्पनीबाट उत्पादित रेमडेसिभिर औषधि नेपालमा वैधानिक रुपमै आइसकेको छ । 

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि रेमडेसिभिर औषधि उत्पादन गर्ने भारतीय कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीका औषधिहरू भित्र्याउन अनुमति दिएको थियो । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend