सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

त्यो रातपछि आजसम्म “बोनसको लाइफ“ बाँचीरहेको छु : कांग्रेस नेता कण्डेल

त्यो रातपछि आजसम्म “बोनसको लाइफ“ बाँचीरहेको छु : कांग्रेस नेता कण्डेल

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 7.5K
    SHARES

  • त्यो रातपछि आजसम्म “बोनसको लाइफ“ बाँचीरहेको छु : कांग्रेस नेता कण्डेल

    काठमाडौं- "२०६० साल भदौ १२ गतेको त्यो रात अझै पनि मेरो मन र मस्तीष्कमा गुन्जीरहन्छ, भदौ १२ गतेको त्यो रातसंगै घटेको घटना मेरो लागि जीवन र मरणसंग केन्द्रित थियो, त्यसैले स्मरण नहुनुको विकल्प छैन् ।"

    २०६० सालअघि लगातार दुई पटकसम्म गृहराज्यमन्त्रीको भुमीका निभाएका देवेन्द्रराज कण्डेलको स्मरण निकै नै चाख लाग्दो छ ।

    अझ बढी द्धन्द्ध कालकै बेलामा गृहराज्यमन्त्रीको भुमीका निर्वाह गरेकै कारणले कण्डेलमाथि गोली प्रहार भएको थियो ।

    शाही सरकारले निर्वाचित सरकारलाइ “कु“गरि राज्य संचालन हातमा लिए पश्चात् २०६० साल भाद्र १२ गते राती कुसुन्ती(ललितपुर नजिक) आफ्नै निवास बाहिर कण्डेल माथी १७ राउन्ड गोली प्रहार भएको थियो ।

    debendrarajnkandel1.jpg

    राजनैतिक पुर्वाग्रहका कारण तत्कालिन बिद्रोही समूह (तत्कालीन माओबादी) को आक्रमणमा परि १७ राउण्ड गोली लाग्दा पनि बाच्न सफल कण्डेल त्यसपछिको सबै जिवन आफ्नो बोनस लाईफको रुपमा लिन्छन् ।

    यति धैरे गोली लाग्दा पनि (हाल सम्म छातिमा एक गोली समेत रहेको अवस्था) मृत्यु सँग संघर्ष गरेको त्यो दिन पछिको सबै वाकी दिन कण्डेलको लागी जीवन बोनसको लाईफ जस्तै छ ।

    नयाँ जीवन प्राप्त गरेको त्यो दिन “बोनस लाइफ“ को शुरूवात भएको दिन, कहिल्यै बिर्सन सक्दिन बाचुन्जेल देश र जनताको सेवा गर्ने छु कण्डेलको भनाई छ । 

    अहिले पनि मैले राज्यबाट पाएको सबै सेवा सुबिधा बापतको रकमलाई संकलन गरेर त्यसमा थप गरि सबै रकम सामाजीक कार्यमा खर्च गरेको छु ।

    निर्वाचनमा मैले प्रतिबद्धता जनाए अनुसार मैले पाउने सबै सेवा सुविधा बराबरको रकममा अझै रकम थप गरि शिक्षा, स्वास्थ्य, धार्मिक विकास, सडक तथा भैतिक पुर्वाधार विकास गर्ने कार्यमा सबै रकम सहयोग गर्दै आएको कण्डेलले बताए ।

    नेपाली कांग्रेसको राजनिती यात्रामा निकै चर्चीत नाम हो , देबेन्द्रराज कण्डेल उर्फ मुन्ना बाबु । 

    पारिवारिक पृष्ठभुमीकै प्रभावका कारण निकै कम उमेरमा राजनितीक यात्रा सुरु गर्नुभएका कण्डेल हरेक समय कुनै न कुनै अवस्थाका कारण चर्चामा रहे । कुशल बत्ता र सबै माझँ लोकप्रिय मानिने कण्डेलको राजनितिक पृष्ठभुमी निकै लामो छ । 

    प्रमुख प्रतिपक्षको भुमिकामा रहेको यतिबेलाको कांग्रेसमा पछिल्लो पटक कण्डेल आफ्नो फरक र पृथक बिचारकै कारण राष्ट्रिय र अन्तराष्ट्रिय संचार माध्यममा समेत चर्चीत छन् । 

    बिद्यार्थी जिवनबाट राजनिती यात्रा सुरु गर्नुभएका कण्डेल यतिबेला सबै जसो राष्ट्रिय र अन्तराष्ट्रिय मिडियाकालागी उहाँले संघीय सदन बैठकमा प्रस्तुत गर्ने अभिब्यक्तीनै उच्च प्राथमिकता दिईएको पाइन्छ ।

    २०३६ सालबाट कांग्रेसको सक्रिय राजनिती सुरु गर्नुभएका कण्डेल साविक नवलपरासी जिल्लाको बडहरादुबैलिया गाविससको दुई पटक सम्म लगातार प्रधानपञ्चमा निर्वाचित भएका थिए, भने २०५१ र २०५६ पनि सांसदमा निर्वाचित भए।

    कण्डेलको पृष्टभुमी लामो छ, कण्डेल भन्दा पहिला २०१५ सालमा कण्डेलका बाबु स्व. पृथ्बी राज कण्डेल पनि सांसदमा निर्वाचित भए । 

    बुबा पृथ्बी राज सांसदमा निर्वाचित भएपनि यस क्षेत्रका जनताको लागी सडक बाटो घाटो , बिजुली , शिक्षा स्वास्थ्य लगायतमा क्षेत्रमा राम्रो काम गरे ।

    अझं २०१५ सालमा कण्डेलकी हजुरआमा स्व। राधादेवी कण्डेल बिपी काईरालाको टिकट बितरण गर्ने संसदीय दलको एक मात्र महिला सदस्यको रुपमा रहेका थिए ।

    अझ रोचक प्रंशङ्ग राणाशासन अवस्थामा कण्डेलकी हजुर आमा राधा कुमारीले नेपालमा बिद्यालय संचालन गर्न नपाएपछि नेपालीलाई नै शिक्षा दिने उदेश्यले छिमेकी मुलक भारतको ठुठीबारीमा गएर राधा कुमारी बिद्यालय समेत संचालन गरे । 

    जुन बिद्यालय अहिले पनि राधा कुमारी ईन्टर कलेजको नाममा सुरक्षीत छ । जुन कलेजको नेतृत्व छोरा पृथ्बी राज कण्डेल हुँदै अहीले नाती देबेन्द्रले नै समालीराखेको अवस्था छ ।

    २०३६ सालबाट कांग्रेसको यात्रा सुरु गरेका कण्डेलले पार्टीमा महासमिती सदस्य, जिल्ला सभापति हुँदै बर्तमान पार्टीको केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन समितीका सदस्यको भुमीकामा रहेका छन् । 

    पार्टी सभापति शेर बहादुर देउवाको निकै बिस्वासीलापात्र मानीने कण्डेल यस अगाबै कांग्रेसमा युवा पंक्ती माझ निकै पपुलर नेता मानिने नेता स्व. खुम बहादुर खड्का निकट मानिने भएपनि यतिबेला कण्डेल र कांग्रेसका अर्को जुझारु नेता शंकर भण्डारीले खड्काका प्रतिनिधी पात्रको रुपमा देउवालाई पुर्ण सघाउ गरेको पाईन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend