सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यो अस्पताल जस्ले सरकारलाई भन्यो १० हजारको निःशुल्क पीसीआर परीक्षण गरिदिन्छौं...

यो अस्पताल जस्ले सरकारलाई भन्यो १० हजारको निःशुल्क पीसीआर परीक्षण गरिदिन्छौं...

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 4.1K
    SHARES

  • यो अस्पताल जस्ले सरकारलाई  भन्यो १० हजारको निःशुल्क पीसीआर परीक्षण गरिदिन्छौं...

    चितवन-  चितवन  मेडिकल कलेजले स्थापना गरेको पीसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ।

    परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो। 

    अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए।

    ‘एक सातासम्म नतिजा कुर्नु पर्दा संक्रमण फैलिँदै गएको छ। हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौँ’, उनले भने।

    परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरे। 

    सो मेडिकल कलेजले हालै मात्र रु पाँच करोडभन्दा बढी खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ।

    सो प्रयोगशालाले एक दिनमा एक हजार २०० देखि एक हजार ५०० सम्म नमूना परीक्षण गर्नसक्छ। भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५०० सम्म परीक्षण गर्दै आएको छ।

    कोरोना संक्रमण बढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमूना परीक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिए। उनले भने, ‘जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौँ। 

    पालोमा रहेका नमूना परीक्षणका लागि अनुरोध पत्रसहित आए निःशुल्क परीक्षणका लागि हामी तयार छौँ।’


    अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणको चाप बढेपछि नतिजा आउन एक साता कुर्नु परेको हो। 

    गएको साता चाप बढेपछि केही नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाइएको थियो। कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परीक्षण गराउन पनि अनुरोध गरेको छ।

    भरतपुर महानगरप्रमुख रेनु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित माथिल्लो निकायमा छलफल भइरहेको बताए। जिल्लामा संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको तेस्रो साता शुरु भएको छ। 

    हालसम्म जिल्लामा ५२४ जना संक्रमित पुगेका छन्। जिल्लामा रहेका अस्पतालमा उपचार गराइरहेका नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने एक जनाको घरमा नै मृत्यु भएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend