काठमाडौं- शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको छ।
शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो।
उनी पोखरा महानगरपालिकास्थित सभागृहमा रहेको नबिल बैंकको सुरक्षा गार्ड भएको खुलेको हो।
मुटुका रोगी रहेका उनी पेट दुखेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल० पुगेका थिए। भदौ ७ गते अस्पताल पुगका उनको शल्यक्रियाको क्रममा पीसीआर परीक्षण गरिँदा संक्रमण पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।