सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेता महर्जनको निधनले कांग्रेस शोकमा

नेता महर्जनको निधनले कांग्रेस शोकमा

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 7.9K
    SHARES

  • नेता महर्जनको निधनले कांग्रेस शोकमा

    काठमाडौं– नेपाली कांग्रेस तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र ५ का पूर्व क्षेत्रीय सभापति पन्नाकाजी महर्जनको निधन भएको छ।

    ६७ वर्षीय उनको शनिवार विहान डल्लू स्थित आफ्नै निवासमा निधन भएको हो। २०३६ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका उनले पार्टीको नवौं महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए।

    स्वर्गीय महर्जन नेपाल ट्रेड युनियन कांग्रेस तदर्थ समिति काठमाडौंको पूर्व वरिष्ठ उपाध्यक्ष समेत थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन समेत विताएका छन्। महर्जनको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

    देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

    Bhadra 13, Death of Panna Kaji Maharjan-001.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७०२:४८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend