काठमाडौं- काठमाडौंको कालिकास्थान आसपास आज बिहानदेखि नै बत्ती काटिने भएको छ।
रत्नपार्क वितरण केन्द्रको कालिकास्थान देखि विजय मेमोरियल स्कुलसम्मको ११ केभीको लाइन मर्मत गर्नुपर्ने भएकोले आज विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार उक्त फिडरबाट वितरीत कालिकास्थान आसपास क्षेत्रमा विद्युत कटौती हुने र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो भन्दा पहिल्यै भन्दा पहिल्यै लाइन सुचारु गर्ने जानकारी दिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।