सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आजबाट निषेधाज्ञा खुकुलो, जोर–बिजोर प्रणालीमा यी सवारी चल्न पाउने !

आजबाट निषेधाज्ञा खुकुलो, जोर–बिजोर प्रणालीमा यी सवारी चल्न पाउने !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 8.2K
    SHARES

  • आजबाट निषेधाज्ञा खुकुलो, जोर–बिजोर प्रणालीमा यी सवारी चल्न पाउने !

    पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने भएको छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले शुक्रबार सुचना जारी गर्दै  बिहान ६ बजेदेखि रातको ८ बजेसम्मका लागि ट्याक्सी र निजी सवारी साधन चल्न पाउने बताएका छन् ।

    त्यस्तै, यसै समयमा साँझ ७ बजेसम्म ‘टेक अवे’ अर्थात् खानेकुरा लैजान मिल्नेगरि रेस्टुरेन्ट संचालनको स्वीकृति दिइएको छ। 

    सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्थाले यो अवधिमा सामाजिक दूरी कायम गर्दै संचालन स्वीकृति पाएका छन्।

    निर्माण क्षेत्र तथा उद्योगहरुहरुले कामदार तथा सेवा प्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका काम गर्न पाउने भएका छन्। भीडभाड हुने पार्टी प्यालेस, स्कूल र कलेज, फनपार्क, रंगशाला,ब्यूटीपार्लर, सैलुन, फिटनेस सेन्टर, स्वीमिङ पुल, फुटसललगायतका क्षेत्रमाथिको प्रतिबन्ध कायमै राखिएको छ।

    पोखरामा शुक्रबार १२ बजे रातिसम्मको लागि लगाइएको निषेधाज्ञाको समयावधि सकिनुअघि कास्की प्रशासनले नयाँ सूचना जारी गरेको हो। निषेधाज्ञा भने २० गतेसम्म कायमनै रहने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०६:५८:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend