सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

१६ गत्ते बाट खुल्ने भनेको आन्तरिक उडान बारे उड्डयन प्राधिकरणले दियो यस्तो जानकारी

१६ गत्ते बाट खुल्ने भनेको आन्तरिक उडान बारे उड्डयन प्राधिकरणले दियो यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 5.9K
    SHARES

  • १६ गत्ते बाट खुल्ने भनेको आन्तरिक उडान बारे उड्डयन प्राधिकरणले दियो यस्तो जानकारी

    काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १६ मा आन्तरिक उडान नखुल्ने बताएको छ ।

    भदौ १७ गतेसम्म लकडाउन नै जारी भएका कारण उडान सम्भवन नहुने प्राधिकरणले जनाएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला सुरक्षाका उपाय अपनाएर उडान सञ्चालन गर्ने नीजि सेवा प्रदायकको माग रहिआएको छ ।

    यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै फेरि भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले भने भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णयसहित तालिका सार्वजनिक गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा प्राधिकरणले दैनिक २ वटा व्यवसायीक उडान र १ वटा चार्टर उडानको तालिका प्रकाशन गरिसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०२:३१:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend