काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस काभ्रेका नेता कञ्चनवादे श्रेष्ठलाई कोरोना संक्रमण पुष्टिभएको छ । उनको अबस्थामा सुधार आएको बताइएको छ । उनलाई कोरोना कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ एक अस्पतालमा आईसीयूमा राखिएको थियो ।
पूर्व राज्यमन्त्री वादेलाई कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि आइसीयूमा राखेर उपचार गरिएको हो । कोरोनाले बिहिबार काठमाडौं उपत्यकामा मात्र ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देशभर १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।