मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

शशस्त्र प्रहरीमा हंगामा, एउटै बाहिनीका ४२ जनामा कोरोना पुष्टि

शशस्त्र प्रहरीमा हंगामा, एउटै बाहिनीका ४२ जनामा कोरोना पुष्टि

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 7.0K
    SHARES

  • शशस्त्र प्रहरीमा हंगामा, एउटै बाहिनीका ४२ जनामा कोरोना पुष्टि

    काठमाडौं– चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनीका ४२ जना प्रहरीमा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ।

    संक्रमितमा दुई महिला र ४० पुरुष छन्। भरतपुर कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४२ जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो।

    यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए। ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए।

    सुरुमा बाहिनीका नौ जनालाई ज्वरो आएको थियो। आठ जनालाई ज्वरो कम भएको छ। बाहिनीमा तीन सय भन्दा बढी सशस्त्र प्रहरी कार्यरत छन्। यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका सबै जिल्ला हेर्ने गर्छ।

    दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले बाहिनी कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

    राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेको बताइन्। ‘सबै प्रहरी भित्रै छन्। त्यसैले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान हामीले गरेका छौँ,’ उनले भनिन्।

    सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनको भनाई छ।

    सोमबार राति अबेर कोभिड–१९ प्रयोगशाला भरतपुरबाट ५० सङ्क्रमित भएको रिपोर्ट आएको छ। जसमध्ये ४६ चितवनका हुन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend