सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

१५ सय जना मलामी रहेका दाहासंस्कार गरिसकेपछि पूर्वमन्त्री बस्नेतका पितामा कोरोना संक्रमण पुष्टि, अस्पतालको चरम लापर्वाही

१५ सय जना मलामी रहेका दाहासंस्कार गरिसकेपछि पूर्वमन्त्री बस्नेतका पितामा कोरोना संक्रमण पुष्टि, अस्पतालको चरम लापर्वाही

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 11.0K
    SHARES

  • १५ सय जना मलामी रहेका दाहासंस्कार गरिसकेपछि पूर्वमन्त्री बस्नेतका पितामा कोरोना संक्रमण पुष्टि, अस्पतालको चरम लापर्वाही

    काठमाडौं– पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण रहेको रिपोर्ट प्राप्त भएको छ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय उनको यही साउन २२ गते त्रिवि शिक्षण अस्पताल (महराजगन्ज)मा उपचारका क्रममा निधन भएको थियो। त्यसपछि शव बाह्रबिसे लगेर दाहसंस्कार गरिएको थियो। जसमा करिब १५ सय मानिस सहभागी थिए। 

    तर स्वास्थ्य मन्त्रालयले हिजो (मंगलबार) मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपछि तनाव उत्पन्न भएको छ। बाह्रबिसे नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ गर्ने भएको छ। 

    पिताको कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आएपछि मन्त्री बस्नेतले फेसबुक मार्फत अपिल समेत गरेका छन्। 

    यस्तो छ उनको अपिल !

    हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पिसिआर रिपोर्ट नआइ शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछु। 

    वास्तवमा बुबाको मृत्युु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७–०४–२२ गते ११–४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।

    दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कत भयो ? 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend