काठमाडौं– पर्सा र बारामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका ४ जनामा कोरोना संक्रमण पाइएको हो।
संक्रमित मध्ये नेसनल मेडिकल कलेजका २ जना चिकित्सक, ३ कर्मचारी, नारायणी अस्पतालकै ३ जना स्टाफ नर्स र २ कार्यालय सहयोगी तथा एक जना शशस्त्र प्रहरी रहेका छन्। यस्तै वीरगन्जकै भवानी हस्पिटलका पनि ६ कर्मचारी छन्। संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।