काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षामन्त्री ईश्वर पोखरेलले असहयोग गरेको गुनासो गरेका छन्।
थापाले ओलीसँग फास्ट ट्रयाक निर्माणको विषयमा पोखरेलले अपमान र असहयोग गरेको गुनासो गरेका हुन्।
प्रधानमन्त्रीसँग भएको भेटमा थापाले फास्ट ट्रयाकले गति नलिनुमा रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका बाधक रहेको बताएका छन्।
एक साताअघि रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं – तराई जोड्ने फाष्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा अगाडि रहेका प्रधान सेनापतिलाई संकेत गर्दै व्यङ्ग्य गरेपछि रक्षा मन्त्रालय र नेपाली सेनाका नेतृत्वबीच दुरी बढेको स्पष्ट भएको थियो।
त्यस कार्यक्रममा पोखरेलले फास्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा ‘लकिरका फकिर’को उदाहरण दिएका थिए। लगत्तै प्रधान सेनापति थापाले परामर्श दाता र कन्ट्याक्टर छनोटमा रक्षामन्त्रीको हस्तक्षेपकारी भूमिकाको संकेत गर्दै काम ढिलो हुन गएको बताए।
कन्ट्याक्टर नियुक्ति आफ्ना छोरामार्फत गराउने रक्षामन्त्रीको मनसाय, मेडिकल सामग्री खरिदमा कमिसनका लागि दबाब दिए पनि नेपाली सेनाले नमानेको लगायत विषयमा रक्षामन्त्री पोखरेल नेपाली सेनाप्रति रुष्ट भएको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।