विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको निश्चित उपचार कहिलै पनि नभेटिन सक्ने चेतावनी दिएका छन् । मानिसहरु कोरोना भाइरसविरुद्धको खोपको आसा गरिरहेका बेला डब्लुएचओका प्रमुख एवं महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले कोरोना भाइरसविरुद्धको सिल्भर बुलेट कहिलै नभेटिन सक्ने चेतावनी दिएका हुन् ।
यद्यपी प्रतिरक्षा प्रणाली बलियो बनाउँने वा कोभिड १९ विरुद्ध प्रतिरक्षा बनाउँने खोपहरु भने आउन सम्भावना नै छ । उसै पनि भाइरसलाई मार्ने कुनै औषधि हुँदैन् ।
विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । साथै यसको परीक्षण पनि भइरहेको छ । अहिले अमेरिका, बेलायत र चिनियाँ कम्पनीले निर्माण गर्दै गरेको खोपको अन्तिम चरणको परीक्षण चलिरहेको छ ।
यसबाहेक विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको माहामारी वर्षौै सम्म रहिरहन सक्ने चेतवानी समेत दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।