काठमाडौं–गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे) को घर पहिरोले पुरिएको हो।
माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी ९बोटे०, उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ।
बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।