सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुनकाण्डमा बाँडीचुँडी १५ लाख, यस्तो रहेछ नालिबेली

सुनकाण्डमा बाँडीचुँडी १५ लाख, यस्तो रहेछ नालिबेली

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 5.4K
    SHARES

  • सुनकाण्डमा बाँडीचुँडी १५ लाख, यस्तो रहेछ नालिबेली

    काठमाडाैं- १५ केजी सुन प्रकरणमा प्रहरी अधिकृतहरुवीच १५ लाखसम्म लेनदेनको कुरा मिलेको अनुसन्धान क्रममा खुलेको छ भने फितलो कमाण्ड कन्ट्रोलका कारण दरबारमार्ग प्रहरी बृत्तबाट हटाइएका डिएसपी रञ्जन दाहालको ठाउँ अर्का डिएसपी राजेन्द्र पौडेल हाजिर भएका छन् । मंगलबार कमलादीस्थित नबिल बैंक अगाडि तस्करीको सुनसहित सवार स्कोरपियो जिपमा कारोबारीहरु फरार भएका थिए । डिएसपी दाहालले त्यस्तो स्थितिमा आन्तरिक समन्वय गर्न नसक्दा सिंगो प्रहरी संगठनको छविमा प्रश्न उब्जाइएको थियो ।

    उनलाई बिहीबार अपराह्न दरबारमार्गबाट प्रहरी प्रतिष्ठानमा काज सरुवा गरिएको छ । त्यहाँ हाजिर भएका डिएसपी पौडेल स्याङ्जाका बासिन्दा हुन् । निजामती सेवा परिवर्तन गरी उनी २०६२ सालमा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए । निजामती सेवाअन्तर्गत गृह मन्त्रालयमा शाखा अधिकृत थिए । उनी केही जिल्लामा सहायक सिडिओका रूपमा जिम्मेवारी सम्हालिसकेका अधिकृत हुन् ।

    मंगलबार दरबारमार्ग प्रहरीको लापरबाहीले उम्किएका सुन तस्करीमा संलग्न तीन जना भारतीयलाई बुधबार राति अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट समातेर काठमाण्डौ ल्याइसकेको छ । उनीहरूको मुद्दासम्बन्धी कागजात दरबारमार्ग प्रहरीले टेकुस्थित प्रहरी परिसरलाई बुझाएको छ । अब यो मुद्दामाथि प्रहरी परिसरले थप अनुसन्धान गर्ने प्रहरीस्रोतले जनाएको छ । जनआस्था

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७०९:३५:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend