सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ढुसी परेर दुई लाख डलर स्वाह, राष्ट्र बैंकमा खैलाबैला  !

ढुसी परेर दुई लाख डलर स्वाह, राष्ट्र बैंकमा खैलाबैला  !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 8.8K
    SHARES

  • ढुसी परेर  दुई लाख डलर  स्वाह, राष्ट्र बैंकमा खैलाबैला  !

    काठमाडौं– अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ ।

    पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले नछुट्टिने गरी टाँसिएको हो ।

    यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ ।

    आंशिक क्षति भएका डलरलगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ । गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो । कार्यकारी निर्देशक नरेश शाक्य र निर्देशक निभा श्रेष्ठको लहडबाजीमा फागुन मसान्तमा रहेको झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।

    यसबीच बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत शाक्य र श्रेष्ठको कारण बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

    यसअघि पटक पटक जनआस्था अनलाइनले व्यर्थ थुपारिएको अर्बौं रुपैयाँ बराबरको डलरको करोडौं ब्याज आम्दानी गुमेको र वर्षामा ढुसी पर्नसक्नेतर्फ सचेत गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो ।

    तर, बैंक नेतृत्वले सकारात्मक सुझावलाई पनि एउटा कानले सुनेर अर्को कानले उडाइदिएको परिणाम यतिखेर सरकारको आम्दानीमा थप तीन करोड रुपैयाँ स्वाहा भएको छ । नयाँ कार्यविधि नबनेको र सिल्क एअरको रातीको उडानको कारण सिङ्गापुरको सीआईएम बैंकमा जम्मा गर्न डलर नपठाइएको शाक्य र श्रेष्ठको अडान पनि यतिखेर बनावटी प्रमाणित भएको छ ।

    अनेकौं प्रपञ्चमा डलर रोकिएको विषयलाई ढाकछोप गर्न उनीहरुले कार्यविधीको अभावलाई अघि सारेका थिए । तर हालसम्म कार्यविधि पारित भएको छैन भने सिल्क एअरले रातीको उडान समय समेत परिवर्तन नगरेको अवस्थामा गत कात्तिकदेखि लकडाउन अघिसम्म तीन पटक सिङ्गापुर विदेशी मुद्रा पठाइएको थियो ।

    त्यसैगरी, असार तेस्रो साता र साउनको पहिलो सातामा गरी दुई पटक पुरानै कार्यविधिबमोजिम झण्डै ८ करोड रुपैयाँ पठाइएको छ । लकडाउनको समयमा उक्त विदेशी मुद्रा चार्टर उडानको क्रममा काठमाडौं आएको सिल्क एअरमार्फत् शाक्य र श्रेष्ठले नै पठाएका हुन् ।

    यस्तो अवस्थामा कसरी पुरानै कार्यविधिबाट काम भयो सबै चकित बनेका छन् । आफ्नो स्वेच्छामा कार्यालयको महत्वपूर्ण जिम्मेवारी पनि लापरवाही ढङ्गले सञ्चालन गरेका कार्यकारी शाक्य र निर्देशक श्रेष्ठले लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा गर्न ल्याएका विदेशी मुद्रा समेत नबुझी फर्काएको बैंकहरुले बताएका छन् ।

    सिङ्गापुर नपठाएको कारण ढुकुटीमा अर्बौं रुपैयाँ बराबरको डलर थन्किएको समाचार आइरहेको बेलामा थप डलर थुपार्दा आलोचना आउने भएपछि उनीहरुले बैंकहरुसँग भएको विदेशी मुद्रा वाणिज्य बैंकमा राख्न मौखिक निर्देशन दिएका हुन् ।

    बैकिङ्ग कार्यालयमा विदेशी मुद्रा व्यवस्थापनमा भएको लापरबाहीको आवश्यक छानबीन गर्न प्रधानमन्त्री कार्यालयले गत बैशाख २६ गते लिखित निर्देशन दिएपनि गभर्नरले चासो नदिएको कर्मचारीहरु बताउँछन् ।

    उनीहरुका अनुसार ‘जो बोक्सी, उही धामी भनेझैं प्रधानमन्त्री कार्यालयको निर्देशनलाई गभर्नरले झारा टार्ने किसिमले शाक्यसँग जवाफ मागे र त्यहि जवाफलाई छानबिनपछिको तथ्य भन्दै बैंक तथा वित्तीय संस्था नियमन विभाग मार्फत् जेठ १६ गते पठाएका थिए । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७०९:२५:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend