काठमाडौं– प्रहरी जवानले सफा गर्न लागेको पेस्तोल पड्कँदा हवल्दार घाइते भएका छन् । साउन ११ गते दिउँसो रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्ममा सशस्त्र प्रहरी जवान सन्देश आचार्यले कक गर्न लागेको पेस्तोल पड्किएको थियो । सफा गर्ने क्रममा पड्किएको ब्राउनिङ पेस्तोलले सोही गुल्ममा कार्यरत ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।
नियमित हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको बायाँ खुट्टाको साँप्रामा गोली लागेको छ । जिल्ला अस्पताल सल्लेमा तुरुन्तै पु¥याइएका हवल्दार खड्कालाई प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।
से।१च ५८८ नम्बरको एम्बुलेन्समार्फत नेपालगञ्ज पठाइएका घाइते खड्काको साथमा सहायक निरीक्षक शेरबहादुर शाही गएका छन् । घाइते खड्काको घर बाँकेको कोहलपुर नगरपालिका हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।