काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमसँग दुई घण्टा लामो छलफलपछि बालुवाटार फर्किएका छन्। यद्यपी छलफल के के विषयमा भयो भन्ने जानकारी भने बाहिरीएको छैन् ।
भैंसेपाटी स्थित वामदेव निवासमै भेट्न पुगेका ओलीलाई मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेका थिए ।
यति बेला सत्तारुढ नेकपाको विवादले उग्ररूप लिइरहेको छ । यसबीच ओली वामदेवलाई भेट्न आज (मंगलबार) साँझ ७ बजे भैंसेपाटी पुगेका थिए। त्यहाँ करिब २ घण्टासम्मको संवादपछि ओली अहिले ९ बजे बालुवाटार फर्किएका हुन्।
ओली फर्किए पनि उपाध्यक्ष गौतमसँग महासचिव विष्णु पौडेलले एक्ला एक्लै संवाद गरिरहेका छन्। वामदेवको ६ बुँदे प्रस्तावले नेकपा दाहाल–नेपाल गुटमा तरंग ल्याएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।